मोरङ, २९ कात्तिक । मोरङ जिल्लाको शनिश्चरेस्थित भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा करिव तीस वटा छाप्रा जलेर नष्ट भएका छन् ।
मंगलबार राति करिव दस बजे आगलागी हुँदा शरणार्थीका छाप्रा जलेको प्रहरीले जनाएको छ ।
सेक्टर ‘डी’ बाट आगलागी शुरु भएको थियो । आगो फैलिन नदिनका करिव ३० वटा छाप्रा भत्काइएको शिविरका सचिव चम्पसिंह राईले जानकारी दिए ।
लक्ष्मी पूजाका लागी बालिएको दियोबाट आगो सल्केको हुनसक्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया