काठमाडौं, २६ कात्तिक । साताको पहिलो दिन आज छापावाल सुनको मूल्य प्रतितोला ६० हजार ५ सय कायम भई कारोबार भएको छ । अघिल्लो साताको तुलनामा यो मूल्य दुई हजार १ सयले बढी हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले अन्तर्राष्ट्रिय बजारमा डलरको अवस्था कमजोर भई सुनको मूल्यमा वृद्धि भएको हुँदा नेपालमा सुनको मूल्य बढेको बताए ।
संघले अघिल्लो साताको पहिलो दिन सोको मूल्य प्रतितोला ५८ हजार ४ सय कायम गरेको थियो ।
तेजावी सुनको मूल्य आज प्रतितोला ६० हजार २ सय ५० कायम गरेको छ । सोको मूल्य अघिल्लो साता ५८ हजार १ सय ५० थियो ।
असली चाँदीको मूल्य प्रतितोला एक हजार १ सय ७० कायम भएको छ । अघिल्लो साता चाँदी एक हजार १ सय १० मा कारोबार भएको थियो ।
प्रतिक्रिया