काठमाडौं, २३ कात्तिक । शुक्रबारको कार्यक्रमको प्रचार प्रसार स्वरुप नेपाली कांग्रेसले आज राजधानीमा मोटरसाईकल र्याली निकालेको छ ।
बाल्मीकी क्याम्पस प्रदर्शनी मार्गबाट शुरु भएको मोटरसाईकल र्याली शहीद गेट, न्यूरोड गेट, जमल, रातोपुल, गौशाला हुँदै नयाँ बानेश्वर पुगेर समापन भएको नेविसंघका प्रवक्ता युपी लामिछानेले जानकारी दिए ।
झण्डै दुई सय मोटर साईकलको सहभागिता रहेको र्यालीको महामन्त्री प्रकाशमान सिंहले उद्घाटन गरेका थिए । कांग्रेसले शुक्रबार दिउसो काठमाडौंमा सभा गर्दै छ ।
प्रतिक्रिया