हिन्दू राज्य बनाउँन माग

नवलपरासी, २१ कात्तिक । पूर्व राजा ज्ञानेन्द्र शाहले नेपाललाई हिन्दू राज्य कायम गरिनुपर्ने माग गरेका छन् ।
नवलपरासीको गोपालपुरस्थित शिवगोरक्ष कालिका महायज्ञमा पूर्वराजा शाहले हिन्दू धर्म संहिष्णुता र हार्दिकताको परिचायक भएको बताए । उनले भने, ‘नेपाललाई हिन्दू राज्य नै कायम गरिनुपर्छ ।’
गोरक्ष माता नेपालकै दैवी रहेको भन्दै उनले भने, ‘माताको शक्तिले राज्यव्यवस्था राम्ररी चलाउने शक्ति आउँछ ।’
पूर्व राजा शाहको नवलपरासीमा शुभेच्छुक र समर्थकले वाजागाजा सहित स्वागत गरेका थिए ।

प्रतिक्रिया