उपचार गर्न नेता ओली भारत प्रस्थान

काठमाडौं, १९ कात्तिक । एमाले नेता केपी ओलीलाई थप उपचारका लागि आज भारतको राजधानी नयाँ दिल्ली लगिएको छ ।
निमोनिया भएपछि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराएका ओलीलाई थप उपचार गर्न भारत लगिएको एमालेले जनाएको छ । नेता ओलीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ ।
नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उनको उपचार हुने छ । उनलाई एयर एम्बुलेन्स मार्फत लगिएको हो । उनको साथमा पत्नी र सहयोगी गएका छन् ।
यसैबीच, भारत लैजानु अघि नेता ओलीको स्वास्थ्य अवस्थाका बारेमा एमाले अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष बामदेब गौतम, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललगायतले अस्पताल पुगेर जानकारी लिएका थिए ।
फोक्सोमा निमोनिया भए पछि नेता ओलीलाई शुक्रबार बेलुका उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

प्रतिक्रिया