दशैं मनाउन कतारमा साँस्कृतिक कार्यक्रम

दोहा/कतार । तनहुँ सेवा समाज दोहा/कतारले दशैंका अवसरमा तनहुँ धमाका साँस्कृतिक कार्यक्रम गरेको छ ।
आइतबार र शनिबार दुई दिन सम्म ड्रिम पार्कमा भब्यताका साथ सम्पन्न कार्यक्रमका प्रमुख अतिथि राजदूत डा.मायाकुमारी शर्मा रहेकी थिईन ।
कार्यक्रममा कलाकार गायक बाबु वोगटी, लोक गायक पुस्कल शर्मा, विष्णु सापकोटा, सम्झना बुढाथोकी, पूर्णकला विसी, नायिका शोभिता सिम्खडा, गौरव दर्पणलगायतले प्रस्तुती देखाएका थिए ।
प्रवासी दलित एकता समाजका कलाकाहरुले पनि पञ्चैवाजा बजाएर मनोरञ्जन दिएका थिए ।
यसैबीच, नेपाली प्रवासी सेवा समाजले दशैंका अवसरमा बन भोजकार्यक्रम गरेको छ । बन भोजमा कतारमा रहेका नेपालीहरुको सहभागिता रहेको थियो ।
त्यसै गरी, हाँस्य कलाकार विल्सन विक्रम राई अर्थात तक्मेबुढोलाई किराँत प्रवासी राष्ट्रिय मञ्च र किराँत राई यायोक्खा कतारले संयूक्त रुपमा सम्मान गरेको छ ।
उता, निर्देशका तथा निर्माता दीपक श्रेष्ठले कतारमा रहेका नेपालीलाई आफ्नो चलचित्र हिम्मात–२ देखाउन दोहा पुगेका छन् ।
हिम्मत–२ नोभेम्बर–९, तारिख शुक्रवारका दिन दोहा सिनेमा हलमा दुई शोे प्रदर्शन गरिने छ । चलचित्रमा विराज भट्ट, युना उप्रेती, बसुन्धरा भुषाल, दिनेश डिसी, सुनिल पोखरेललगायतको अभिनय छ ।

प्रतिक्रिया