जीपमा ढुंगाले लाग्दा ४ जनाको मृत्यु

दार्चुला, १४ कात्तिक । दार्चुला जिल्लाको ज्योती नाल भन्ने स्थानमा ढुंगा खसेर जीपमा लाग्दा दुई नेपाली र दुई भारतीयको मृत्यु भएको छ ।
सोमबार राति सडकको माथिबाट अचानक ढुंगा खसेर जीपमा लाग्दा जीपमा रहेका चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा दार्चुला राईला–५ बस्ने २२ बर्षीय गणेशसिंह धामी, २२ बर्षीय जितसिंह धामी र नाम नखुलेका भारतीय नागरिक २ जना रहेका छन् ।

प्रतिक्रिया