काठमाडौं, १४ कात्तिक । नेपाल चलिचत्र संघका महासचिव प्रदीप उदयले आज आफ्नो पदबाट राजीनामा दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा राखिएको स्टाटस अनुसार उनको राजीनामा कात्तिक–१९ गते बाट लागू हुने छ । चलचित्र निर्माता र स्टार एफ.एम.का सञ्चालक समेत रहेका उदयले पछिल्लो समय मालतीको भट्टी पसल नामक चलचित्र निर्माण गरेर चर्चा कमाएका थिए ।
उनले चलचित्र संघमा रहँदा आफूलाई प्रत्यक्ष÷अप्रत्यक्ष सहयोग एवम् सल्लाह दिने सबैलाई धन्याबाद दिएका छन् ।
बुटवलका स्थायी निवासी उदयले गृहनगरमा चलचित्र हल पनि सञ्चालन गर्दै आएका छन् ।
राप्रपा, राजापा हुँदै एकीकृत माओवादीमा रहेर राजनीति गरेका उनले पछिल्लो पटक चलचित्र वितरकको क्षेत्रमा हात हालेका छन् । उनले अनामनगरमा आफ्नो कार्यलय खोलेका छन् ।
चलचित्र क्षेत्रमा दखल राख्ने उदयले आफू विभिन्न क्षेत्रमा व्यस्त रहेका कारण महासचिवबाट राजीनामा दिएको बताए । उद्यपि स्रोतका अनुसार वर्तमान कार्यसमितिबाट रुष्ट भए पछि उनले राजीनामा दिएका हुन् ।
प्रतिक्रिया