गाउँघरमा दशैंको रौनक

जाजरकोट, ७ कात्तिक । दशैंमा जाजरकोट सदरमुकाम खलंगा सुनसान बनेपनि गाउँघरमा भने दशंैको चहलपहल बढ्न थालेको छ । सदरमुकामका स्थित सरकारी तथा गैरसरकारी कार्यालय र शिक्षण संस्था बन्द भएपछि सदरमुकाममा पसल तथा होटल संचालन गरेर बसेका ब्यापारीहरु पनि आ–आफ्नो घर तिर हिडेपछि खलंगा बजार सुनसान बनेको छ ।
सदरमुकाम सुनसान भएपनि गाउँघरमा भने विभिन्न मेला, जात्रा लाग्न थालेपछि बर्षौपछि भेट नभएकाहरु आफन्तहरुसाग भेटघाट गर्न मै व्यस्त छन् । रोजगारी, काम र अध्ययनको सिलसिलामा शहर एवं जिल्ला बाहिर रहेकाहरु दशैं मनाउन घर फर्कन थालेपछि गाँउघरको रौनक झनै बढेको हो । खलंगा–१ गैरीखालीमा ईलेक्ट्रोनिक्स पसल सञ्चालन गर्दै आएका सविन चन्दले केही दिन अघिसम्म दिनमा ८/१० हजारको व्यापार हुने गरेको भएपनि अहिले घटेर हजार/पन्ध्र सयको हाराहारीमा मात्र व्यापार हुने गरेको छ ।
गाउँघरमा लागेका मेलाजात्रामा कोहि आ–आफ्नो समुह बनाएर नाचगानमै मस्त भएका छन् भने कोही पिङ्ग खेल्न ब्यस्त देखिन्छन् । आज जिल्लाको पुन्मा–१, पुन्मामा ठूलो जात्रा लागिरहेको छ । जात्रामा जिल्लाका पुन्मा, भुर, कार्कीगाउँ, झाप्रा, जगतिपुर, खलंगा लगाएतका गाविसहरुसागै छिमेकि जिल्ला रुकुम, सल्यान र सुर्खेतका नागरिहरुको पनि सहभागिता रहेको जात्रामा सहभागि स्थानीय पत्रकार रामचन्द्र घर्तीले जानकारी दिए । जात्रामा रांगाको बलि पनि दिने गरिन्छ ।
यता दशै सँगै गाउँघरमा चहलपहल बढेपनि यतिवेलै धान पाकेकोले किसानहरुलाई धान भित्र्याउने चटारोले समेत सताएको छ । यतिबेला जिल्लाका कालेगााउ, होलुजिउला , पासागाड, कुदु, थलह लगायतका ठाउँमा धान भित्र्याउने चटारो परेको कृषकहरुको भनाई छ ।

प्रतिक्रिया