दुर्घटनामा दुईको मृत्यु/६ घाईते

दाङ, ६ कात्तिक । दाङमा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
आइतबार राति पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सोनपुर–८, सुनडवरीमा जीप र मोटरसाईकल ठोक्किदा मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
भालुबाङबाट लमही तर्फ आउँदै गरेको लु १ ज ३३०३ नम्बरको जीप र भालुबाङतर्पm जाँदै गरेको लु १३ प १८१९ नम्बरको मोटरसाईकल ठोक्किदा प्युठान बुर्तिबाङ–२ का २३ वर्षीय रवीन्द्र केसी र सुरेश थापाको मृत्यु भएको हो ।
रवीन्द्रको घटनास्थलमै र सुरेशको उपचारका लागि लमही ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ । दुर्घटनामा घाइते भएका अन्य चार जनाको लमही र घोराहीमा उपचार भई रहेको छ ।
जीप चालक र सहचालकलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक बाबुकाजी गिरीले जानाकारी दिए ।
देउखुरीको सोनपुरमै समेबार बिहान भएको मोटर साईकल दुर्घटनामा २ जना घाईते भएका छन् ।
नेपालगंजबाट प्युठानतर्फ जाँदै गरेको भे १ प ६०३७ नम्बर र से २ प ३१ नम्बरको मोटर साईकल आज बिहान सिंगेखोला नजिक ठोक्किदा नेपालगंज भृकुटि नगर–१३ का ४२ वर्षीय नवराज घिमिरे र कृष्णा पण्डित घाईते भएका हुन् ।

प्रतिक्रिया