महाअष्टमी देश भरि मनाईदै

काठमाडौं, ६ कात्तिक । दसैंको आठौं दिन अर्थात महाअष्टमी आज मुलुक भरि देवीका मन्दिर र शक्तिपीठहरुमा पुजाआरधना गरेर मनाईदै छ ।
भक्तालुहरुले देवीलाई पशुबली समेत दिएका छन् । काठमाडौंको भद्रकाली, गोरखाको  गोरखकाली मन्दिर दाङको अम्विकेश्वरीलगायतका शक्तिपीठमा पुजाआरधना गरेर महाअष्टमी मनाईएको हो ।
उता, राष्ट्रपति डा.रामवरण यादवले पनि राजधानीका विभिन्न मन्दिर र शक्तिपीठहरुमा पुगेर दर्शन गरेका छन् । मुलुकभरिका शक्तिपीठहरुमा विहानैदेखि घुईचो समेत लागेको थियो । तस्विर गुगल

प्रतिक्रिया