कलिउडमा पूर्वनेपाल सुन्दरी

 काठमाडौं : पूर्व मिस नेपाल मनिला जोशी चलचित्रमा देखिने भएकी छिन् । नवराज आचार्यद्वारा निर्देशित ‘कलिउड’ को शीर्षगीतमा उनी हट प्रस्तुतिसहित देखा पर्दै छिन् । नसा हो यो कलिउड बोलको सो आइटम गीतमा उनले सेक्सी तथा हट नृत्य गरेको निर्माण समूहले जानकारी गरायो ।
छायांकनको अन्तिम चरणमा रहेको चलचित्रमा आर्यन सिग्देल ,प्रियंका कार्की, बिष्णु कार्की र पायल थापा मुख्य भूमिकामा छन् । प्रिजोन इन्टरटेन्मेन्ट प्रालि ब्यानरको चलचित्रमा केही गीतको मात्र छायांकन बाँकी रहेको निर्देशक नबराज आचार्यले बताए । उनले भने– बुधबार दिनभर सोल्टी होटलमा एक गीतको छायांकन गर्‍यौँ, बिहीबार अर्को गीतका लागि साँखु पुग्यौँ, अब दुई दिनमै छायांकन सकिन्छ ।’ चलचित्रमा हरि हुमागाईंको छायांकन, अष्ट महर्जनको द्वन्द्वनिर्देशन तथा रेनासा राईको कोरियोग्राफी छ । डिसेम्बर अन्त्यतिर सार्वजनिक गर्ने तयारी गरिएको चलचित्रमा नायिका बन्न चाहने एक युवतीको संघर्षात्मक कथा छ । नायिका बन्न कस्ता सम्झौता र संघर्ष गर्नुपर्छ तथा स्टारको पोजिसन धानिराख्न कत्तिको गाह्रो भन्ने विषय देखाइएको छ । (सौस)

प्रतिक्रिया