पुनःस्थापना पछि नयाँ संविधानः दाहाल

काठमाडौं, १ कात्तिक । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल झण्डै एक साता लामो यूरोप भ्रमण सकेर आज स्वदेश फर्केका छन् ।
पार्टी निकट संगठनहरुको कार्यक्रममा सहभागी हुन दाहाल सहयोगीहरुका साथ यूरोप गएका थिए । उनले यूरोपमा रहँदा त्याहाँस्थित संसदमा पनि सम्बोधन गरेका थिए ।
यसैबीच, स्वदेश फर्केका दाहालले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरागर्दै मुलुकलाई निकास दिन राष्ट्रपतिले निष्पक्ष भूमिका निर्वाह खेल्ने जनाए । उनले भने, ‘राष्ट्रपतिले असंवैधानिक कदम चाल्नु हुँदैन ।’
उनले संविधानसभा पुनःस्थापना गरेर नयाँ संविधान जारी गर्ने समेत बताएका छन् ।

प्रतिक्रिया