छोरालाई केन्द्रीय सदस्यमा मनोनयन

काठमाडौं, २८ असोज । राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले आफ्ना छोरा सुनिलबहादुर थापालाई केन्द्रीय सदस्यमा नियुक्त गरेका छन् ।
राजपाका सह–प्रवक्ता किरण गिरीका अनुसार अध्यक्ष थापाले गृह जिल्ला धनकुटालाई कार्यथलो बनाउने गरी छोरा सुनिललाई आज केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन् ।
५५ वर्षीय थापाले लामो समय संयुक्त राष्ट्रसंघमा काम गरी सकेका छन् । २२ बर्ष लामो सेवा सकेर घरमै बसेका सनिलले राजनीतिमा इच्छा गरे पछि अध्यक्ष थापाले केन्द्रीय सदस्यमा मनोनयन गरेको स्रोतले जनाएको छ ।
अध्यक्ष थापालाई अप्रत्यक्ष रुपमा यस अघि पनि सहयोग गर्दै आएका सुनिलले धनकुटा जिल्लालाई राजनीतिक कार्यथलो बनाउने जनाएका छन् ।
अध्यक्ष थापाले छोरा सुनिललाई राजपाको केन्द्रीय कार्यसमितिमा मनोनयन गरेर आफ्नो राजनीतिक उत्तराधिकारी बनाएको संकेत गरेका छन् ।

प्रतिक्रिया