काठमाडौं, २८ असोज । पार्टीको १२औँ महाधिवेशनपछि कांग्रेस सभापति सुशील कोइरालाले घोषणा गरेका थिए– पार्टीका औपचारिक/अनौपचारिक बैठक र छलफल कार्यालयमै गर्ने । बैठक, छलफल र कार्यकर्ता भेटघाटको थलो पार्टी कार्यालय नै बनाउने घोषणा उनी आफँैले धेरै दिन लागू गर्न सकेनन् । महाराजगन्जस्थित आफ्नै निवासबाट पार्टी चलाउने अभ्यासमा उनी लागेका छन् ।
पार्टी कार्यालय नजाने मामलामा वरिष्ठ नेता शेरबहादुर देउवा सभापति कोइरालाभन्दा दुई कदम अगाडि छन् । आक्कल–झुक्कल मात्रै कार्यालय जाने देउवाले गत भदौ पहिलो साता नियमित कार्यालय आउने घोषणा गरेका थिए । पत्रकार बोलाएर कार्यालयमा बसेको फोटो पनि खिचाए । तर, तीन दिन लगातार पार्टी कार्यालय गएका उनी त्यसपछि जान छाडे । आºनो खेमाका नेताहरूको बैठकदेखि कार्यकर्ता भेट्नेसम्मका काम देउवा बूढानीलकण्ठस्थित आºनै निवासबाट गर्छन् ।
सभापतिसहित शीर्ष नेताहरू नै प्राय: नआउने भएकाले सानेपास्थित पार्टी कार्यालयमा कांग्रेस कार्यकर्ताहरूको ओहोर–दोहोर पनि पातलो छ । आएका केही कार्यकर्ता पनि नेता नदेखेर निराश भएर फर्किन्छन् । केन्द्रीय कार्यसमितिको बैठक र कुनै भ्रातृसंस्थाका कार्यक्रम नरहेका बेला ६ रोपनीमा फैलिएको भव्य कार्यालय प्राय: सुनसान हुन्छ । ‘पार्टीको दरबारजस्तो कार्यालय छाडेर आºनै घरलाई पार्टी केन्द्र बनाउँदा नेता भेट्न आएका कार्यकर्ता निराश भएर फर्कनु स्वाभाविक हो,’ केन्द्रीय कार्यालयका एक कर्मचारीले सौर्यसँग भने ।
केन्द्रीय कार्यालयमा पार्टी सभापतिदेखि, वरिष्ठ नेता, उपसभापति, महामन्त्रीद्वयसहित पदाधिकारीलाई छुट्टाछट्टै कोठाको व्यवस्था छ । तर, उनीहरूका लागि राखिएका कुर्सी प्राय: रित्ता हुन्छन् । कार्यालय पुगेका कार्यकर्ता रित्तो कुर्सी हेरेर फर्किन्छन् ।
कार्यालय नगई आºनै निवासलाई केन्द्र बनाएर त्यहीँबाट पार्टी चलाउने कांग्रेसका शीर्ष नेताहरूको पुरानै रोग हो । स्वर्गीय गिरिजाप्रसाद कोइराला सभापति हुँदा पार्टी कार्यालयमा दुर्लभै जान्थे । पार्टीका बैठकदेखि विदेशी कूटनीतिज्ञ र कार्यकर्तालाई उनले निवासमै भेट्थे । उनकै शैली अहिलेका सभापति सुशील कोइरालाले पनि पछ्याउँदै छन् ।
कांग्रेस केन्द्रीय कार्यालयका कर्मचारी प्रेम केसीका अनुसार गत भदौयता सभापति कोइराला तीनपटक मात्रै केन्द्रीय कार्यालयमा पाइला टेकेका छन् । केन्द्रीय कार्यसमितिको बैठक, एकपटक विपक्षी दलहरूको बैठक र पार्टीकै भ्रातृसंगठनको कार्यक्रममा भाग लिन कार्यालय आएका थिए । आफू पक्षधर नेताहरूको औपचारिक/अनौपचारिक बैठक तथा दलीय सहमतिका लागि प्रभाव पार्ने बैठकसमेत उनले आºनै निवासमा गर्दै आएका छन् ।
पार्टी कार्यालय कमै जाने वरिष्ठ नेता देउवा सभापति कोइरालाले भ्रातृसंस्थाहरू विघटन गरेपछि झनै रुष्ट बने । उनले केन्द्रीय सदस्यबाट राजीनामा दिई आफू पक्षधरहरूको बैठक आºनै निवासमा गराउन थाले । अघिल्लो वर्षको असोजदेखि ९ महिनासम्म त देउवाले पार्टी कार्यालयमा पाइलै टेकेनन् । भ्रातृसंस्थाको विवाद साम्य भएपछि पार्टीको एउटा केन्द्रीय समिति बैठकमा भाग लिन उनी कार्यालय पुगेका थिए ।
भदौ पहिलो साता भने देउवाले नियमित कार्यालय आउने घोषणा गरे । दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म कार्यालयमा बस्ने उनको घोषणाले कार्यकर्ता र कर्मचारीलाई उत्साहित पनि बनाएको थियो । तर, आºनै घोषणालाई देउवाले तीन दिन मात्र लागू गरे । ‘देउवा दाइहरू नियमित कार्यालय आउन थालेपछि अरू शीर्ष नेतालाई पनि दबाब पुग्ने ठानेका थियौँ । तर, उहाँहरूको व्यवहारले त त्यसलाई प्रचारका लागि मात्रै गरेको जस्तो देखायो,’ केन्द्रीय कार्यालयमा कार्यरत एक कर्मचारीले भने ।
उपत्यकाबाहिर वा देशबाहिर नभएका बेला पनि वरिष्ठ नेता देउवा कार्यालय जान रुचाउँदैनन् । पार्टीका सबैखालका बैठक र भेटघाट उनले घरमै बसेर गर्छन् । देउवाका स्वकीय सचिव भानु देउवाले विदेश र उपत्यकाबाहिरको भ्रमणका कारण वरिष्ठ नेता देउवा कार्यालय जान नपाएको दाबी गरे । ‘कुनै कार्यक्रम नहँुदा पनि उहाँ(वरिष्ठ नेता देउवा) तीन दिन पार्टी कार्यालय पुग्नुभएको हो,’ भानुले भने ।
बेला–बेलामा प्रशिक्षणका कार्यक्रम भइरहने हुनाले उपसभापति रामचन्द्र पौडेल भने प्राय: कार्यालय आइरहने गर्छन् । महामन्त्रीद्वय कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह पनि धेरै कार्यालय आउने नेतामा पर्छन् । उनीहरूलाई पछ्याउँदै केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, आनन्दप्रसाद ढुंगाना, गोपालराज पहाडी, दिलबहादुर घर्ती, कृष्णचन्द्र नेपालीलगायत प्राय: कार्यालय आउने गर्छन् ।
प्रतिक्रिया