विपक्षीको सहयोगमा बजेट ल्याउन सुझाव

काठमाडौं, २६ असोज । राष्ट्रपति डा.रामवरण यादवले मुलुकको वर्तमान आर्थिक अवस्था र चालु आर्थिक वर्षको वजेटलगायतका विषयमा अर्थविज्ञ एवम् जानकारहरुसँग परामर्श गरेका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको छलफल डा.यादवले राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष, सदस्य, पूर्व मुख्य सचिव एवम् पूर्व अर्थ सचिवलगायतसँग परामर्श गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।
कामचलाउ सरकारले अध्यादेश मार्फत अघिल्लो चालु वर्षको एक तिहाई बजेट ल्याएको समय सकिनै लाग्दा राष्ट्रपति डा.यादवले सो विषयमा सम्बन्धित क्षेत्रका विज्ञसँग परामर्श गरेका हुन् ।
राष्ट्रपति डा.यादवसँगको छलफलका क्रममा अर्थविज्ञहरुले मुलुकलाई सहमतिका साथ अगाडि बढाउनु पर्ने भन्दै विकासका लागि पूर्ण वजेट आवश्यक रहने सुझाव दिए ।
उनीहरुले वर्तमान सरकारलाई विपक्षी दलहरुसँग परामर्श गरेर सहमतिमा बजेट ल्याउन समेत सुझाव दिए । सरकारले बजेटका विषयमा विपक्षी दलहरुको विश्वास जित्न नसके पछि अध्यादेशका भरमा मुलुक चलिरहेको छ ।

प्रतिक्रिया