बाइक चलाएर कीर्तिमान

काठमाडैां : चारजना नेपाली युवाले २७ घन्टा ५७ मिनेटसम्म लगातार सामूहिक मोटरसाइकल कुदाएर रेकर्ड कायम गरेका छन् । उनीहरूले कायम गरेको रेकर्ड एभरेस्ट वल्र्ड रेकर्डमा अंकित गरिएको छ ।
बिहीबार पत्रकार सम्मेलन गर्दै कीर्तिमानधारी चार युवालाई एभरेस्ट वल्र्ड रेकर्डका संस्थापक सदस्य मथुरा श्रेष्ठले प्रमाणपत्र प्रदान गरे । धादिङका गोकर्ण लामिछाने, प्युठानका दिनेश आचार्य, ललितपुरका रोशन घिमिरे र काठमाडौंका प्रमय शर्माले लगायतार २७ घन्टा ५७ मिनेट मोटरसाइकल कुदाएर कीर्तिमान राखेका हुन् । टोलीका सदस्य गोकर्ण लामिछानेले आफूहरूको कीर्तिमानलाई एभरेस्ट वल्र्ड रेकर्डले अनुगमन गरेको बताए । यसअघि नेपाली सेनाका सिगल शमशेरको नाममा लगातार २५ घन्टा मोटरसाइकल कुदाएको कीर्तिमान थियो ।
उनीहरूको सामूहिक मोटरसाइकल कुदाउने रेकर्ड असोज १७ गते बिहान ७ बजेर २५ मिनेटमा काठमाडांैको सहिद गेटबाट सुरु भई बिहान ११ बजेर २२ मिनेटमा भोलिपल्ट लुम्बिनीमा पुगेर टुंगिएको थियो । लामिछानेले सामूिहक मोटरसाइकलबाट १ हजार किलोमिटर दूरी पार गरेको जानकारी दिए । अर्का सहभागी रोशन घिमिरेले आफूहरूले भारतको मिराकल, युनिक र लिम्का वल्र्ड रेकर्डमा कीर्तिमान सूचीकृत गर्न आवेदन दिएको जानकारी गराए । मोटरसाइकलमा यत्ति समय लगातार कसैले पनि नचढेको दाबी गर्दै उनीहरूले विश्व कीर्तिमानमा अंकित गराउन पहल गर्ने बताएका छन् । (सौस)

प्रतिक्रिया