एकीकृतको सम्मेलन पोखरामा

काठमाडौं, २५ असोज । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) ले आफ्नो राष्ट्रिय सम्मेलन आगामी चैतको तेस्रो साता पोखरामा गर्ने निर्णय गरेको छ ।
राजधानीमा बसेको बैठक पछि आज जारी विज्ञप्ति अनुसार एकीकृतले चैतको २० देखि २४ गते सम्म पोखरामा सम्मेलन आयोजना गर्ने निर्णय भएको उल्लेख गरेको छ ।
सम्मेलनका लागि एकीकृतले कमल चौधरीको संयोजकत्वमा ९ सदस्यीय स्टेरिङ समिति सहित समेत बनाएको छ । समितिमा ऋषिराम शर्मा कट्टेल, रामसिंह श्रीस, चित्रवहादुर आले, केशरवहादुर गुरुङ, परि थापा, युवराज पन्थी र सीताराम तामाङ रहेका छन् ।
सो समितिले सम्मेलनका लागि आवश्यक दस्तावेजहरु तयार गरी केन्द्रीय समितिमा प्रस्तुत गर्ने क्षेत्राधिकार पाएको छ ।
एकीकृतले दशैं, तिहार, छठ, ल्होसार, रमजान, उधौली उभौली लगायतका पर्वहरुको मौका छोपी हुने गरेको कृत्रिम अभावको अन्त्य गर्न सरकारसँग माग पनि गरेको छ ।
उसले निर्वाचनको वातावरण कायम गरी मुलुकलाई अग्रगमन तर्फ लैजान राजनीतिक दलहरु र सरकारसँग आग्रह गरेको संयोजक कमल चौधरीले जनाए ।

प्रतिक्रिया