मोटरसाईकल कुदाउने चार कीर्तिमानी

काठमाडौं, २५ असोज । चार जना नेपाली यूवाहरुले लामो समयसम्म लगातार सामूहिक मोटरसाईकल कुदाएर कायम गरेको विश्व कीर्तिमान एभरेष्ट वल्र्ड रेर्कडमा अंकित गरिएको छ ।
काठमाडौंमा आज पत्रकार सम्मेलन गरेर एभरेष्ट वल्र्ड रेकर्डका संस्थापक सदस्य मथुरा श्रेष्ठले कीर्तिमानधारी यूवाहरुलाई प्रमाणपत्र प्रदान गरे ।
लगतार २७ घण्टा ५७ मिनेट मोटरसाईकल कुदाएर प्यूठानका दिनेश आचार्य, धादिङका गोकर्ण लामिछाने, ललितपुरका रोसन घिमिरे र काठमाडौंका प्रमय शर्माले मोटरसाईकल कुदाएर विश्वकीर्तिमान कायम गरेका हुन् ।
उनीहरुको कीर्तिमानलाई एभरेष्ट वल्र्ड रेकर्डले अनुगमन गरेको थियो । यसअघि नेपाली सेनाका सिगल सम्शेरले २५ घण्टा कुदाएर कीर्तिमान कायम गरेका थिए ।
उनीहरुले असोज १७ गते विहान ७ बजेर २५ मिनेटमा काठमाडौको सहिद गेटबाट आफ्नो कीर्तिमानी यात्रा शुरु गरेर लुम्बिनीमा भोली पल्ट विहान ११ बजेर २२ मिनेटमा टुङग्याएका थिए ।

प्रतिक्रिया