दाहाल र भट्टराई नयाँ दलालः बैद्य

काठमाडौं, २४ असोज । नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यले प्रधानमन्त्री बाबुराम भट्टराई र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले युद्धमा सहयोग गर्ने सबै जनतालाई भुलेको आरोप लगाएका छन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले भने, ‘क्रान्तिका कुरा गर्ने प्रधानमन्त्री बाबुराम भट्टराई र अध्यक्ष पुष्पकमल दाहालले जनतालाई भुलेका छन् ।’ उनले भट्टराई र दाहाललाई नयाँ दलाल समेत भने ।
उनले आवश्यक परे हतियार उठाउन समेत तयार रहन आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन दिए । ‘अवश्यक्ता परे क्रान्तिको झण्डा उठाउँछौं,’ उनले भने, ‘अधुरो क्रान्तिलाई पुरा गर्नु पर्छ ।’
गोलमेचसभाबाट निकास खोज्नु पर्ने माग गरेका उनले संविधानसभा पुनःस्थापना वा नयाँ निर्वाचन गरेर निकास नआउने दाबी गरे ।

प्रतिक्रिया