प्रहरीको सहयोगमा त्रिविको ताला खुल्यो

काठमाडौं, २४ असोज । प्रहरीको सहयोगमा त्रिभुवन विश्व विद्यालयका पदाधिकारीहरुको कार्यकक्षमा आंशिक प्रध्यापक संघले लगाएको ताला खोलिएको छ ।
पदाधिकारीहरुको कार्यकक्षमा भदौं–५ गते देखि लगाईएको ताला मंगलबार खोलिएको थियो । त्रिविसँगको वार्ताका क्रममा सहमति भएपछि लोकतान्त्रिक प्रध्यापक संघले लगाएको ताला खोली दिएको थियो ।
ताला खुले लगत्तै आफ्ना पेशागत माग राखेर आजै विहान पुनः आंशिक प्रध्यापकहरुले ताला बन्दी गरे पछि प्रहरीले हस्तक्षेप गर्नु परेको त्रिविले जनाएको छ । समयमा पुगेका प्रहरी र त्रिविका कर्मचारीले आंशिक प्रध्यापकहरुले लगाएको ताला फोडेर दैनिक कार्य सुचारु गराएका थिए ।
आंशिक प्राध्यापकहरुले आफ्ना मागका सम्बन्धमा यसअघि भएका सहमति कार्यान्वयनमा ढिलासुस्ती गरिएको भन्दै पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेको दाबी गरेका छन् ।

प्रतिक्रिया