जिउँदा शहीद शर्माको निधन

काठमाडौं, २४ असोज । राणाशासनविरोधी आन्दोलनका अगुवा रामहरि शर्माको आज निधन भएको छ ।
उच्च रक्तचाप र श्वासप्रश्वास रोगबाट पीडित शर्माको उपचारका क्रममा निधन भएको हो । राणा शासन विरोधी आन्दोलन गरेका शर्मालाई नेपाली राजनीतिमा जिउँदो शहीदका रुपमा हेरिने गरिएको थियो ।
ललितपुरको किटिनीमा विक्रम संवत १९७३ कार्तिकपूर्णिमामा जन्मेका शमाको ९६ वर्षको उमेरमा निधन भएको आफन्तले जनाएका छन् ।
राणा विरोधी आन्दोलनका क्रममा पक्राउ परेका विभिन्न यातना दिईएको थियो । शर्माका दुई छोरा र पाँच छोरी छन् । उनको आजै अन्तिम दाहसंस्कार गरिने कार्यक्रम छ ।

प्रतिक्रिया