तिहारपछि “कुटुम्ब”

काठमाडौं : चन्दा फिल्म प्रोडक्सनको ब्यानरमा प्रतिमान रुम्बाको प्रस्तुति रहेको चलचित्र ‘कुटुम्ब’ छायांकन सकेर हाल अन्तिम प्राविधिक कार्यमा जुटिरहेको छ । चलचित्रलाई तिहारलगत्तै देशभर एकसाथ सार्वजनिक प्रदर्शन गर्ने कसरत भइरहेको निर्देशक सुजन लामा ‘डिएमजी’ ले बताए ।
सागर घिसिङ, सुष्मा कार्की, लता योञ्जन, प्रकाश तामाङ, मेम्बर लो, राजु वाइबा, इन्द्र वाइबा, राजकुमार गोले, अमर थिङलगायत कलाकारको मुख्य अभिनय रहेको चलचित्रमा आयुष घिसिङ र सिद्धार्थ गोले सहनिर्माता रहेका । निरु घले निर्माता हुन् । चलचित्रमा तामाङ संस्कृतिभित्रको अन्तद्र्वन्द्वलाई चित्रण गरिएको छ । ‘विशेष गरी सहर र ग्रामीण परिवेशमा रहेका तामाङ समुदायभित्रको अन्तर्वस्तुलाई उजागर गर्न खोजेका छौँ,’
निर्देशक लामाले भने । (सौस)

प्रतिक्रिया