मंसिरमा फिल्मी खबर अवार्ड

काठमाडौं : चौथो फिल्मी खबर डिजिटल फिल्म अवार्ड आगामी मंसिरमा हुने भएको छ । फिल्मीखबर साप्ताहिक पत्रिकाको आयोजनामा ३४ विधामा दिन लागिएको अवार्डमा ०६७/६८ मा निर्मित २६ नेपाली डिजिटल चलचित्रले सहभागिता जनाएका छन् ।
हालै राजधानीमा आयोजित कार्यक्रममा अवार्डका विधा तथा मनोनीत चलचित्रहरूको नामावली सार्वजनिक गरियो । लेखक–निर्देशक मोहन निरौला, संगीतकार सन्तोष श्रेष्ठ, निर्देशक–पत्रकार विजयरत्न तुलाधर, गीतकार–पत्रकार नवराज लम्साल, पत्रकार राजेश खनाल सम्मिलित पाँच सदस्यीय निर्णायक मण्डलले विधाअनुरूप चलचित्रको मनोनयन गरेको हो । अवार्डले डिजिटल फम्र्याटमा बनेका चलचित्रलाई हौसला र प्रेरणा पुग्ने आयोजक संस्थाका अध्यक्ष शान्तिप्रियले बताए । सर्मिला गौतम/प्रशिक्षार्थी

प्रतिक्रिया