खतिवडा महासचिव र केसी सचिवका प्रत्याशी

काठमाडौं : नेपाल चलचित्र कलाकार संघको आगामी २७ गते हुन लागेको चुनावका लागि विभिन्न पदमा उम्मेदवारी दाबी गर्ने क्रम बाक्लिँदै छ । यसै क्रममा डा. घनश्याम खतिवडाले महासचिव पदमा उम्मेदवारी दिएका छन् ।
उम्मेदवारी दर्ता गर्ने अन्तिम समयसीमा गत शनिबार उम्मेदवारी दर्ता गराएको उनले जानकारी गराए । अभिनय र निर्देशनका माध्यमले चलचित्र क्षेत्रप्रतिको लामो समर्पण र यसअघि संघका अन्य पदमा रही हासिल गरेको अनुभवका आधारमा आफू महासचिव पदका लागि योग्य भएको खतिवडाले दाबी गरे ।
त्यसै गरी कलाकार उत्तम केसीले सचिव पदमा उम्मेदवारी दर्ता गराएका छन् । लामो समयदेखि सानो तथा ठूलो पर्दामा क्रियाशील रहेका आधारमा आफू सचिव पदका लागि योग्य रहेको उनले दाबी गरे । (सौस)

प्रतिक्रिया