दिनेशले ल्याए “देशको गीत”

काठमाडौं : गीतकार दिनेश अधिकारी आफ्नो नयाँ एल्बम ‘देशको गीत’ बजारमा ल्याएका छन् । विन्ध्यवासिनी म्युजिक प्रालिले बजारमा ल्याएको एल्बममा ‘मर्दा पनि, पहाडमा जाडो बढे, यो मन्दिर, नेपाल मेरो प्राप्ति, पहाड झुक्नुपर्छ, यो देश आफ्नो हो भन्छौ त, छाँगाको माया के भन्नु ?, उठाउ माटो र माटो मात्र देश होइन’ शीर्षकका १० गीत छन् ।
ती गीतमा राजेशपायल राई, स्वरूपराज आर्चाय, अन्जान शाक्य, कुन्ती मोक्तान, राम थापा, दिवाकर खड्का, मीरा राणा, जुजुकाजी रञ्जित, श्याम मल्ल, पवन गोलेलगायतले स्वर दिएका छन् । हरि लम्साल, आलोकश्री, अजय क्रान्ति, शिलाबहादुर मोक्तान, सुशील विश्वकर्मा, शिवशंकरलगायतले संगीत दिएका छन् । गीतकार अधिकारी आफ्नो एल्बमबारे भन्छन्, ‘देशको गीत मेरा मर्म र भावनाको अभिव्यक्ति हो ।’ अधिकारी भूमिसुधार मन्त्रालयका सचिव पनि हुन् । (सौस)

प्रतिक्रिया