चार एल्बम एकैसाथ

गायक सुमन बुढामगरले हालै न्युयोर्कमा एकैपटक चार एल्बम सार्वजनिक गरेका छन् । ती एल्बमलाई परदेशी कोसेली, संगीत, हिड्स अफ सुमन र कौरा सालैजो नाम दिइएको छ । विमोचन कार्यक्रममा न्युयोर्क सिटीका कन्ट्रोलर जोन सी, संगीतकार तथा गायक अम्बर गुरुङ, गायक माइकल ज्याक्सनकी भतिजी टान्य ज्याक्सन, नसियाका निवर्तमान अध्यक्ष राजा घले, नेपाल अमेरिका पत्रकार संघका अध्यक्ष आङछिरिङ शेर्पालगायत उपस्थित थिए । सुमन इन्टरटेनमेन्टले आयोजना गरेको कार्यक्रममा सुमधुर साँझको समेत आयोजना गरिएको थियो ।  तस्बिर : अशोक पन्त/न्युयोर्क

प्रतिक्रिया