नारीका बत्तीस लक्षण


विभिन्न शास्त्रमा नारीका बत्तीस लक्षणबारे चर्चा गरिएको छ । कुनै सुन्दर आवरणकी युवती देख्नासाथ पुरुषको मनमा बत्तीस लक्षणको कल्पना नाच्न थाल्छ । वास्तवमा बत्तीस लक्षणले युक्त नारीलाई विशिष्ट रूपमा हेरिएको हुन्छ । ‘अप्सरा’ को कल्पना गर्दा पनि ती गुणले युक्त भएको ठानिन्छ । शास्त्रले व्याख्या गरेका नारीका बत्तीस लक्षण यस्ता छन् :
१. पद्मासनमा बस्दा वृत्ताकार (गोलो) आसनमा देखिनु,
२. हातका औँला लामा–लामा हुनु,
३. औँलाका कापमा छाला केही बढी र जोड्दा टम्म मिलेका हुनु,
४. छाला नरम हुनु र उमेर ढल्केको अवस्थामा पनि युवावस्थाको जस्तै तेज हुनु,
५. शरीरमा विभिन्न थरीका सात सुगन्ध हुनु,
६. हरिणका जस्ता खुट्टा हुनु,
७. गुप्तांग गुप्त रहनु,
८. शरीरको माथिल्लो भाग सिंहको झैँ सलक्क मिलेको हुनु,
९. शरीरका अंग सुगठित हुनु,
१०. काँध पुष्ट, चौडा र गोलो हुनु,
११. पाखुरा राम्रोसँग फर्कने हुनु,
१२. लामा पाखुरा हुनु,
१३. सम्पूर्ण शरीर तेजोमय हुनु,
१४. घाँटी शंखजस्तै हुनु,
१५. सोझो र सिंहको जस्तो चिउँडो हुनु,
१६. बत्तीसवटा दाँत हुनु,
१७. दाँत चम्किला हुनु,
१८. समान र टमक्क मिलेका दाँत हुनु,
१९.स्वच्छ र सुन्दर बंगारा हुनु,
२०. लामो जिब्रो हुनु,
२१. सानोभन्दा सानोसम्मका विभिन्न स्वाद लिने क्षमता हुनु,
२२. भँगेराको जस्तो स्वर हुुनु,
२३. ब्रह्माको जस्तो मौलिक ज्ञानपूर्ण वाणी हुनु,
२४. आँखीभौँ साँढेका जस्ता र नीलकमलको रंगजस्ता हुनु,
२५. आँखीभौँका बीचमा कोमल र सूक्ष्म रेखा हुनु,
२६. मिलेको कपाल हुनु,
२७. अकबरी सुनजस्तै प्रदीप्त शरीर हुनु,
२८. प्रबल र प्रभावशाली व्यक्तित्व हुनु,
२९. शरीरमा धेरै र परस्पर टाँसिएका नरम र दाहिनेतिर घुमेका रौँ हुनु,
३०. नीलमणिजस्तो कालो र टल्कने केश हुनु,
३१. तन, नितम्ब, कम्मर आदि सबैका शारीरिक लक्षण आकर्षक हुनु,
३२. विष्णुको जस्तो दृढ स्वभाव हुनु ।

प्रतिक्रिया