३५ करोड ठगी गर्ने सञ्चालक पक्राउ

काठमाडौं, २१ असोज । श्रीलंका मर्चेन्ट एण्ड फाईनान्सको ३५ करोड ३१ लाख हिनामिना गर्ने तत्कालिन अध्यक्ष सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार पक्राउ परेका उनीहरुलाई आफ्नै फाइनान्स बद्नियत पूर्वक डूबाउने कार्य गरेको अभियोग लागेको छ ।
पक्राउ पर्नेमा तत्कालिन कार्यकारी अध्यक्ष काठमाडौं बस्ने ६७ बर्षीय रुवि जोशी, बाँसवारी बस्ने ६३ बर्षीय डा. श्रीराम प्र्रसाद लामिछाने र सिनामंगल बस्ने ६९ बर्षीय गौरीशंकर चौधरी रहेका छन् ।
नेपाल बंगलादेश बैंकसंग गाभिने अन्तिम तयारी हुँदै गर्दा उनीहरुले सो रकम हिनामिना गरेका थिए । रकम ऋण प्रवाह गरे पनि सो कारण स्पष्ट नखुलाईएको प्रहरी भनाई छ ।

प्रतिक्रिया