राष्ट्रपतिलाई सक्रिय बनाउने भनेका छैनौं

पोखरा, २१ असोज । एमाले महासचिव ईश्वर पोखरेलले आफूहरुले राष्ट्रपतिलाई सक्रिय बनाउने प्रयास नगरेको दाबी गरेका छन् ।
प्रेस चौतारीले आज पोखारमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले अन्तरिम संविधानले दिएको अधिकार अनुसार अभिभावकीय भूमिका खेल्न मात्रै राष्ट्रपतिसँग आग्रह गरिएको बताए ।
‘राष्ट्रपतिले संविधानले दिएको अभिभावकीय अधिकारको प्रयोग गरुन भन्ने एमालेको अपेक्षा हो,’ उनले भने, ‘काम चलाउ भईसकेको सरकारलाई हटाउन राष्ट्रपतिले विदा गर्न नयाँ प्रक्रियाको आरम्भ गनु पर्छ ।’
महासचिव पोखरेलले प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकार दशैं अगाडि ढल्ने दाबी गरे । उनले प्रधानमन्त्री भट्टराईलाई पदमा बसिरहने कुनै संवैधानिक, राजनीतिक र व्यवहारीक आधार नभएको बताए ।
‘प्रधानमन्त्री भट्टराईलाई अब कुनै शक्तिले बचाउन सक्दैन,’ उनले भने, ‘भट्टराई सरकार टेकासो दिने किला बसै मक्किाई सकेका छन् ।’
एकल जातीय पहिचान सहित संघीयतामा जाने एमालेको कुनै योजना नरहेको बताएका उनले भने, ‘केही जनजाति नेताहरुले अज्ञानता र उन्मादका कारण एमाले पारित्याग गरेर गलत गरेका छन् ।’

प्रतिक्रिया