‘औषधिको अस्वस्थ बजारीकरण बढ्यो’

काठमाडौं : कम्पनीहरूबीचको प्रतिस्पर्धाका कारण औषधिको अस्वस्थ बजारीकरण बढेको भन्दै सरोकारवालाले त्यसलाइई व्यवस्थित गर्नुपर्ने बताएका छन् ।
नेपाल औषधिगत बिक्री प्रबन्धक संगठनको १२औँ महाधिवेशनको अवसरमा आयोजित कार्यक्रमका सहभागीले औषधि उत्पादक कम्पनीले औषधिको बजारीकरण व्यवस्थित गर्नुपर्ने बताएका हुन् । औषधि व्यवस्था विभागका महानिर्देशक राधारमणप्रसाद शाहले कम्पनी–कम्पनीबीचको अस्वस्थ प्रतिस्पर्धाका कारण बजारमा औषधिको गलत प्रयोग बढेको बताए । अस्वस्थ प्रतिस्पर्धाका कारण औषधि साटिने समस्या पनि बढ्दै गएकाले व्यवस्थित रूपमा औषधिको बजारीकरण गर्नुपर्ने महानिर्देशक शाहको भनाइ थियो । औषधि उत्पादक संघका अध्यक्ष महेश गोर्खालीले केही कम्पनीले अनैतिक रूपमा औषधिको बजारीकरण गर्दा राम्रा कम्पनीको पनि बदनाम भएको उल्लेख गर्दै सरकारले अनैतिक रूपमा औषधिको बजारीकरण गर्नेलाई कारबाही गर्नुपर्ने बताए । (सौस)

प्रतिक्रिया