दाङका पदम लागूऔषध सहित पक्राउ

काठमाडौं, १९ असोज । प्रहरीले काठमाडौंबाट दाङ बिजौरीका पदमबहादुर नेपालीलाई लागूऔषध खैरो हेरोइनसहित पक्राउ गरेको छ ।
असोज १४ गते उनलाई बत्तीसपुतलीस्थित एक होटेलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । पदम सहित उनीकी पत्नी शान्ता नेपाली र अर्की एक सहयोगीलाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ । शान्ता र उनको साथीलाई भने प्रहरीले रिहा गरिदिएको छ ।
पदमको घर सौडीयार गाविस वडा नम्वर–३ रहेको प्रहरी भनाई छ । ३४ बर्षीय पदमको साथबाट अवैध लागूऔषध खैरो हेरोइन ७० ग्राम बरामद भएको छ ।

प्रतिक्रिया