गोठमा आगो लाग्दा बालकको मृत्यु

गुल्मी, १९ असोज । गुल्मीको मरभुङ्गमा आज भएको आगलागीमा परेर एक बालकको ज्यान गएको छ । आगोले जलेर दुई जना घाईते घएका छन् ।
मर्भुङ्ग–९ का मोतीलाल मुखियाको गोठमा आज दिउँसो आगलागी हुँदा उनका २ वर्षीय छोरा थम्मन मुखियाको ज्यान गएको हो ।
आगलागीबाट पत्नी सहित ५ वर्षीया छोेरी बीबीका गम्भीर घाईते भएकी छन् ।
खेल्ने क्रममा बालबालिकाहरुले खरले छाएको गोठमा आगो लगाएको स्थानीय पिताम्बर पौडेलले जानकारी दिए ।

प्रतिक्रिया