तीन करोड बराबरको जग्गा क्याम्पसलाई

सिन्धुलीमाढी, १८ असोज । सिन्धुलीको कमलामाई नगरपालिका–९, ढुङ्ग्रेबासस्थित कमला उच्च माध्यमिक विद्यालयले सिन्धुली बहुमुखी क्याम्पसलाई करिब तीन करोड रुपियाँ बराबरको जमिन निःशुल्क प्रदान गरेको छ ।
विद्यालयको स्वामित्वमा रहेको कमलामाई नगरपालिका–९ मल्लागाउँस्थित जमिनमा क्याम्पस सञ्चालन हुँदै आएकामा क्याम्पस स्थापनाकालमा भएको सहमतिका आधारमा जग्गा प्रदान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अम्बरदीप देवकोटाले जानकारी दिए ।
उनले विद्यालयले सिन्धुली बहुमुखी क्याम्पसलाई करिब तीन करोड रुपियाँ बराबरको १४ कट्ठा ३ धुर जमिन दिएको जनाए ।

प्रतिक्रिया