काठमाडौं : देशमा मौलाउँदै गएको भ्रष्टाचार, नातावाद र कृपावादले गर्दा बेरोजगारहरूको संख्या बढ्दै छ । बेरोजगारीका कारण अनि प्रभावका तिनै विषयवस्तुलाई समेटेर चलचित्र धर्तीपुत्र निर्माण भएको छ । सम्पूर्ण प्राविधिक कार्य सकेर अहिले प्रदर्शनका लागि प्रचार–प्रसारमा जुटिरहेको छ ।
प्रसिका फिल्म्स प्रालिको प्रस्तुति रहेको चलचित्रलाई प्रेम खड्का, सीता क्षत्री र सागर क्षत्रीले संयुक्त रूपमा निर्माण गरेका छन् । दिलीप रायमाझी, प्रेम खड्का, विक्रान्त बस्नेत, सुनील थापालगायत कलाकार मुख्य भूमिकामा छन् । आगामी २५ पुसदेखि देशव्यापी प्रदर्शन गर्ने तयारी भइरहेको निर्माता प्रेम खड्काले जानकारी गराए ।
चलचित्रमा अभ्युदय खनालको लेखन, सुई दयालु र गोविन्द आचार्यको लेखन, हरिनारायण चौधरीको छायांकन छ भने द्वन्द्व सानोकुमार महर्जनको छ । सूर्य टुपी र विजय बस्नेतको नृत्य–निर्देशन रहेको चलचित्रलाई अमर वलीले निर्देशन गरेका छन् । निर्माणका क्रममा हरेक पक्षमा निकै ध्यान पुर्याएकाले चलचित्र सफल हुने निर्देशक वलीले बताए । (सौस)
प्रतिक्रिया