अवरोध छिचोल्दै गृहमन्त्री नेपालगञ्ज

नेपालगञ्ज, १७ असोज । कैलालीको धनगढीमा कार्यकर्ता समक्ष अखण्ड सूदुरपश्चिमको बिरोध गरेर हाइहाई पाएका गृहमन्त्री समेत रहेका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष बिजय गच्छेदारले फर्कने बेला आज निकै कष्ट व्यहोर्नु परेको छ ।
कैलालीदेखि नेपालगञ्जसम्म आउन गृहमन्त्री गच्छेदारले ठाउँ–ठाउँमा अवरोधको सामना गर्नु परेको हो । उनको विरोधमा अखण्ड सूदुरपश्चिम पक्षधरहरुले चक्काजाम समेत गरेका थिए । चक्का जाम भए पछि गृहमन्त्री गच्छेदारले राजमार्गको यात्रु छाडेर भित्री बाटो हुँदै नेपालगञ्ज आईपुगेका हुन् ।
विरोधमा पूर्वपश्चिम महेन्द्र राजमार्गमा चक्काजाम भएपछि गृहमन्त्री गच्छेदारसहितको दलबलको टोली धनगढीबाट खुटीया सडक, बर्दियाको मैनापोखर हुँदै बाँकेको सोनपुरमा आइपुगेको थियो ।
गृहमन्त्री गच्छेदारलाई बर्दियाको भुरीगाउँमा बिपक्षी दल नेकपा एमालेका कार्यकर्ताहरुले कालोझण्डा देखाएर विरोध समेत गरेका छन् । उनी बिहीबार दाङ जाने कार्यक्रम छ ।

प्रतिक्रिया