बाध्यताको जोडी

नायक श्रीकृष्ण श्रेष्ठले आफूले निर्माण गरेको कहाँ भेटिएलाबाट नयाँ अनुहार श्वेता खड्कालाई चलचित्र क्षेत्रमा भित्र्याए । यो जोडी चलचित्रलाई फाप्यो पनि । प्रमोसन एवम् प्रदर्शनका क्रममा पनि उनीहरू जोडी बनेरै खटे । कतिले त अब यो जोडी अब बिहे गर्ने तयारीमा छ भनेर हल्ला पनि गरे । तर, श्रीकृष्णले प्रमोसनका लागि मात्र सँगै हिँडेको हो, त्यस्तो केही होइन भनेर स्पष्टीकरण दिए । यो त स्वाभाविक नै पनि हो ।
चलचित्र चल्यो, उत्रियो । तर, पनि यो जोडी छुट्टिएन । जहाँ पनि एकसाथ देखिन थाल्यो । अब अर्को चलचित्र पनि सँगै गर्न आँटेका रहेछन् क्यारे भनेर लख काटे धेरैले । संयोगले पर्‍यो पनि त्यस्तै । अर्को नयाँ चलचित्रमा श्रीमान्/श्रीमतीको भूमिकामा काम गरे । त्यसको प्रमोसनमा पनि उनीहरू सँगसँगै देखिए । यो पनि स्वाभाविकै हो ।
तर, अहिले उनीहरू कुनै चलचित्रमा देखिएका छैनन् । न त कुनै चलचित्र सँगै गर्न लागेको जानकारीमा आएको छ । र पनि जोडी भने उस्तै छ । एकअर्कासँग छुट्टिनै नसकेजस्तो । हालै मात्र पनि एक चलचित्रसम्बन्धी कार्यक्रममा उनीहरू एकसाथ देखिए । नचिन्नेहरू कतिले त उनीहरूलाई श्रीमान्/श्रीमती पो हुन् कि भन्ने अनुमान पनि गरेछन् । तर, बिचरा † उनीहरू यसरी हिँड्नु त बाध्यता पो रहेछ, कुरो बुझ्दै जाँदा ।
खासमा के भने श्वेताले अहिलेसम्म श्रीकृष्णबाहेक अरू कुनै नायकसँग चलचित्र खेलेकै छैनन् । त्यस कारण उनले अरू नायक चिन्ने कुरा पनि भएन । अब श्रीकृष्णसँगै नहिँडे कोसँग हिँडुन् त ? त्यसो भए श्रीकृष्णले त अरू नायिकासँग पनि काम गरिसकेका छन्, उनीचाहिँ किन श्वेताको पछि मात्र लागेका त ? कुरो के रहेछ भने अहिले चलचित्रमा नयाँ नयाँ नायिका मात्र छन्, उनीहरूसँग श्रीकृष्णले काम गरेका छैनन् । उनको समकक्षी जमानाका नायिकाहरू अहिले प्राय: सबै बिदेसिएका छन् । त्यसो त उनको उमेरलाई हेरेर अहिलेका नयाँ नायिका उनलाई ‘अंकल’ पुस्ताका मान्न थालिसकेका छन् । अब आफूसँग पहिल्यैदेखि नजिक रहेकी श्वेतासँग हिँड्नुबाहेक विकल्प नै नपाएपछि के गरून् त यिनले पनि † कुरो काट्नेलाई हावा गफ हानेर मनोरञ्जन लिए भैगो † बिचरा, श्रीको हालत कसले बुझिदिने रे †

प्रतिक्रिया