औसत वर्षा नभई सकियो मनसुन

काठमाडौं : ६ दिन ढिला सुरु यस वर्षको मनसुन औसत वर्षा नभई सकिएको छ । मनसुन अवधिभर ८३.२५ प्रतिशत मात्रै वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मनसुन अवधिभर नेपालमा औसत वर्षा १ हजार ३ सय २५ मिलिमिटर हुन्छ । यसपालि सुरुका तीन महिना जुन, जुलाई र अगस्टमा क्रमश: ४०, १७ र १० प्रतिशत कम वर्षा भएको थियो । अन्तिममा मनसुन सक्रिय भएका कारण धेरै वर्षा भए पनि सेप्टेम्बरमा देशभर औसत वर्षा रेकर्ड भएको छ । नेपालमा १० जुनदेखि २३ सेप्टेम्बरसम्मको अवधिलाई मनसुन अवधि मानिन्छ । तर, १६ जुनमा नेपाल भित्रिएको मनसुन साविक समयभन्दा चार दिन ढिलो २८ सेप्टेम्बरमा सकिएको विभागले जनाएको छ । (सौस)

प्रतिक्रिया