ललितपुरमा बेहोश दुई जनाको मृत्यु

ललितपुर, १६ असोज । ललितपुर जिल्लामा आज बेहोश भएर दुई जनाको मृत्यु भएको छ ।
बेहोश अवस्थामा फेला परेका उनीहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरी भनाई छ । दुबै जनाको मृत्युका बारेमा प्रहरीले अनुसन्धान शुरु गरेको जनाएको छ ।
हरिसिद्धिस्थित बाउन्स नेपाल सुधार केन्द्रमा राखिएका २८ वर्षीय लोकचन श्रेष्ठ मध्यान्ह १२ बजे एक्कासि वेहोश भए पछि उपचारका क्रममा मृत्यु भएको थियो । बेहोश भए पछि उनलाई उपचार गराउन पाटन अस्पताल लगिएको प्रहरी भनाई छ ।
ललितपुरकै धापाखेल डेरा गरी बस्ने रुकुम घर भएकी एक जना महिलाको पनि बेहोश हुँदा उपचारका क्रममा मृत्यु भएको छ ।
२७ वर्षीया फूलमाया बुढामगर सुतिरहेको अबस्थामा आज विहान साढे ६ बजे बेहोश अवस्थामा फेला परेकी थिईन । उनलाई उपचारका लागि पाटन अस्पताल लगिएको थियो ।

प्रतिक्रिया