पहिरो र बाढीमा परेर चार जनाको मृत्यु

काठमाडौं, १६ असोज । संखुवासभा जिल्लाको धुप–८ का स्थानीय चक्रकुमार राईको घर पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको छ ।

आज विहान करिव साढे पाँच बजे माथिबाट झरेको पहिरोले राईको घर पुरिँदा उनीकी बुहारी २२ बर्षीया उषा राई, छोरी १३ वर्षीया चमला राई र नाती १३ महिनाका प्रताप राईको मृत्यु भएको प्रहरी समाचार कक्ष नक्सालले जनाएको छ ।

पहिरोमा राईकी पत्नी चक्रकुमारकी राई, दिलमाया राई तथा पाहुना बस्न आएका ५० वर्षीय कृष्ण घिमीरे बेपत्ता भएका छन् ।

पहिरोमा परेका १८ बर्षीया कमला राई र २३ वर्षीय सोमकुमार राईलाई स्थानियबासीले शकुशल उद्धार गरेका छन् । उनीहरुलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट धरान पठाइएको छ ।

पहिरो झरेको स्थानमा सुरक्षा निकाय र स्थानीयको सहयोगमा उद्धार कार्य गरिएको छ ।

यसैबीच, अबिरल बर्षाका कारण आएको बाढिले संखुवासभाकै सभापोखरी–२ स्थित मोदीखोलाले १५ घर बगाएको छ भने एक जनाको मृत्यु भएको छ ।

बाढीले बगाएर बाह्रबिसे बस्ने ४३ वर्षीय श्याम बहादुर राईको शब पनि फेला पारेको छ । स्थानीय ईन्द्रमाया लिम्बु, सुभाष कालाखेतीलगायतका १५ वटा घर र झोलुङगेपुल आज विहान पौने तीन बजे पहिरोले बगाएको प्रहरीले जनाएको छ ।

पहिरो र बाढीले त्रिवेणी उच्च माबिको ३ कक्षाकोठा समेत भत्काएको छ ।

प्रतिक्रिया