उद्योग वाणिज्य संघ सल्यानमा बम

सल्यान, १५ असोज । सल्यान उद्योग वाणिज्य संघको श्रीनगरस्थित भवनमा अज्ञात समूहले राखेको बम फेला परेको छ ।
भवनको माथिल्लो तलाको ढोका अगाडि पलाष्टिकको बाल्टीमा बम फेला परेको इलाका प्रहरी कार्यालय श्रीनगरले जनाएको छ ।
‘रेड आर्मी नेपाल’ नामक संगठनका केही व्यक्तिले स्थानीय सञ्चारकर्मीहरुलाई फोन गरेर बम आफूहरुले राखेको दाबी गरेका छन् । सौर्य

प्रतिक्रिया