पहिरोमा पुरिएका मध्ये ७ जनाको शव फेला

इलाम, १५ असोज । इलाम जिल्लामा पहिरोमा पुरिएका भएका मध्ये सात जनाको शव फेला परेको छ ।
अविरल बर्षाका कारण कोलबुङ–२ स्थित मेची राजमार्गमा माथिबाट पहिरो खस्दा पाँच वटा सवारी साधन पुरिएका थिए । पहिरोमा पुरिएर १४ जना बेपत्ता भएका छन् ।
पहिरोमा पुरिनेमा मे.१ ज २६१९, मे.१ ज ११९६ नम्बरको पिकअप, को.१ ख १६१९ नम्बरको ट्रक, मे.१ च ११९१ नम्बरको सेन्ट्रो कार र को.१ च १२५६ नम्बरको अल्ट्रोकार पुरिएको प्रहरीले जनाएको छ ।
सोमबार राति साढे आठ बजे भएको घटनामा मे.१ ज २६१९ नम्बरको पिकअप गाडीमा सवार ३ जनामध्ये २ जना बेपत्ता छन् । सामान्य घाईते चालक फिक्कल–५ बस्ने रोशन तामाङलाई क्लिनिकमा उपचार गरिएको छ ।
प्रहरीका अनुसार मे.१ ज ११९६ नम्बरको गाडीमा सवार ७ जना सकुशल रहेका छन् भने को.१ ख १६१९ नम्बरको ट्रकमा सवार ३ जना पनि सकुशल रहेका छन् । ट्रकका एक जना यात्रु बेपत्ता छन् ।
मे.१ च ११९१ नम्बरको कारमा सवार ५ जनामध्ये चालक सकुशल रहेका छन् भने ४ जना बेपत्ता भएको प्रहरी भनाई छ । को.१ च १२५६ नम्बरको कारमा सवार ६ जना पनि बेपत्ता छन् ।
पहिरोमा परेकाहरुको जिल्लास्थित सुरक्षा निकायले उद्धार गरेको छ ।

प्रतिक्रिया