बन्ने भो ‘स्टार’

काठमाडौं : स्टार हुने चाहना बोकेकाले चलचित्रमा अवसरका लागि विभिन्न संघर्ष गर्छन् । उनीहरूलाई जसरी पनि चर्चा कमाउनु छ । यसका लागि शारीरिक एवं आर्थिक सम्झौता गरिएका थुप्रै प्रसंग बेलाबखत चर्चामा आइरहन्छन् । चलचित्रमा लागेर स्टार हुन चाहनेको यस्तै, संघर्षलाई विषयवस्तु बनाएर चलचित्र ‘स्टार’ निर्माण हुने भएको छ । संगम भिजन प्रालिको ब्यानरमा निर्माण हुन लागेको सो चलचित्रको आइतबार राजधानीमा शुभमुहूर्त गरियो । केही समय चलचित्र निर्देशनबाट विश्राम लिएका महेन्द्र बुढाथोकीले यसको निर्देशन गर्ने भएका छन् ।
नीरज बराल, सुमिना घिमिरे, श्याम राई, रमेश बुढाथोकी, गणेश उप्रेतीलगायत कलाकार मुख्य भूमिकामा रहने चलचित्रमा अर्जुन पोखरेल र सर्वज्ञमान शाक्यको संगीत, शंकर बिसी र शिव विकको नृत्य, दयाराम पाण्डे र महेन्द्र बुढाथोकीकै गीत रहनेछ । लामो समयपछि गायक एवं संगीतकार शम्भुजित बाँस्कोटाले यसमा गीत पनि गाएका छन् । ‘नायिका बन्न आउने एउटी केटीले स्ट्रगल पिरियडमा केकस्ता संघर्षबाट गुज्रनुपर्छ भन्नेबारे विस्तृत एवं अनुसन्धानात्मक रूपमा प्रस्तुत गर्नेछौँ,’ निर्देशक बुढाथोकीले भने । निर्मातासमेत आपैँm रहेका बुढाथाकीले यो चलचित्र कलरफुल बन्ने र व्यवसाय पनि राम्रै गर्ने विश्वास व्यक्त
गरे । (सौस)

प्रतिक्रिया