सकियो चेतनामूलक नाटक

काठमाडौं : सन्देशमूलक नाटक एक चर्पी एक घरको एक महिना लामो प्रदर्शन अभियान सम्पन्न भएको छ । ग्रामीण खानेपानी तथा सरसफाइ कोष र सहर्ष गणेश फिल्म्स् एन्ड एड्भरटाइजिङ सर्भिसको प्रस्तुतिस्वरूप गत भदौ ११ गते नुवाकोटबाट सुरू भएको नाटक विभिन्न जिल्ला हुँदै काभ्रे पुगेर सकिएको छ ।
जथाभावी फोहोर र दिसापिसाब गर्दा समाज र त्यहाँका नागरिकको स्वास्थ्यमा पर्ने असरबारे नाटक केन्द्रित थियो । नाटकमा कमल मैनाली, नीरज नेपाल, शिवहरि आचार्य, उत्तम अर्याल ‘कोदे’, होमनाथ तिमल्सिना, दामोदर खतिवडा, हरेन्द्र खत्री, पशुुपति राई, अञ्जु देउजा, रीता शिवाकोटी, सामना सिटौला र सुनीता थापाले अभिनय गरेका थिए । (सौस)

प्रतिक्रिया