तराईमा अझै कालाजार

वर्षा सकिए पनि गर्मी अझै गएको छैन । अझै पनि तराईका क्षेत्रमा गर्मी मौसममा देखिने रोगबाट मानिसहरू बिरामी भइरहेका छन् । पूर्वी र मध्य तराईका जिल्लामा मानिसहरू कालाजार रोगले पीडित छन् । चिकित्सकहरूका अनुसार तराइका अधिकांश जिल्लामा कालाजारका विरामी देखिँदै छन् ।
यो रोग लागेपछि मानिसको अनुहार, हातखुट्टा तथा पेटको छाला कालो हुने भएकाले यो रोगलाई कालाजार भनिएको चिकित्सकहरू बताउँछन् । कालाजार ‘लेसमानिया डोनोभानी’ नामक प्यारासाइट प्रोटोजोवाका कारण हुने रोग हो । यो एक प्रकारको सेन्टÏलाई नामक भुसुनाको टोकाइबाट सर्छ । ‘यो लेसमेनिया जातिका परजिवीद्वारा सेन्डÏलाइको टोकाइबाट मानिसलाई लाग्ने सरुवा रोग हो’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. विश्वराज खनालले भने, ‘रोगी व्यक्तिलाई टोकेको भुसुनाले निरोगी व्यक्तिलाई टोकेमा यो रोग सर्छ ।’ उनका अनुसार यो भुसुना ओसिलो ठाउँ, भित्ताको चेप, खाटमुनि, मुसोको दुलोमा बढी पाइन्छ । यसका साथै धेरैजसो लेसमेनियाहरू जंगली र घरपालुवा जनावरमा पाइन्छ । खास गरी कुकुर, सुँगुर, हाँस, बंगुर, Ïयाउरो र जंगली मुसाहरूमा बढी पाइन्छ । कालाजार जुनसुकै उमेरको व्यक्तिलाई हुन सक्छ । धेरैजसो चाहीँ ५ देखि ३० वर्ष उमेरसमूहकालाई देखिएको छ ।
नेपालमा सिराहा, सप्तरी, सुनसरी, जनकपुर, कलैया, बारा, पर्सा, बर्दियालगायत जिल्लामा मुख्य गरी यो रोग देखिन्छ । कालाजार २ हजार फिटभन्दा अग्लो स्थानमा प्राय: हुँदैन । डा. खनालका अनुसार यो रोग वर्षा तथा त्यसपछि ऋतुमा बढी पाइन्छ, बढीजसो ग्रामीण तराईमा । ‘कालाजार गराउने सेन्डÏलाई विशेषगरी घरको चिरा परेको स्थानमा बढी बस्ने गर्दछ’ उनले भने, ‘यसले राति बढी टोक्छ ।’ उनका अनुसार सेन्डÏलाईको टोकाइका कारण परजिवी मानिसको कलेजो, फियो, हड्डीको मासी र लिम्फ ग्रन्थीबाट शरीरभरि फैलन्छ ।
कालाजार भएपछि बिरामीलाई कामज्वरो आउने, दिनमा २ पटकसम्म ज्वरो चढ्ने, रक्तअल्पत्ता हुने, मानिस दुब्लाउदै जाने, फियो धेरै बढ्ने तथा पछि गएर कलेजो समेत बढ्ने हुन्छ । कालाजार भएको २ वर्षपछि छालाको लेसमेनियासिस (कालो हुने) देखिन्छ । यो रोग लागेपछि कुपोषण र रोगप्रतिरोध क्षमता पनि ह्रास हुने भएकाले मानिस कमजोर हुँदै जान्छ । डा. खनालका अनुसार यो रोगमा पछि गएर बढी रक्तस्राव पनि हुन्छ । तर, बिरामीले खाना भने राम्रैसँग खाने गर्छन् । कपाल पनि झरेर मुडुलै हुन सक्छ । कालाजार भएपछि टि.बी., न्युमोनिया आदिले पनि सजिलै संक्रमण गर्न सक्छन् ।
महाशाखाका अनुसार यसबाट बच्न सेन्डÏलाईको टोकाइबाट टाढै रहनु सबैभन्दा उत्तम हुन्छ । खास गरेर हाँस, कुखुरा, सुँगुर, बंगुर जस्ता जनावरमा सेन्डÏलाई बढी हुने हुनाले उनीहरू बस्ने स्थान सफा बनाउनुपर्छ । ढल निकासको राम्रो व्यवस्थापन गर्नुपर्छ । गाईको गोठ, कुखुरा आदिको खोर सफा राख्ने, औषधि छर्कने, घर तथा गोठको भित्तामा रहेका चिरा हटाउने जस्ता काम गर्नुपर्छ । गोठमा कामगर्दा पूरै बाहुला भएको कपडा लगाउने गर्नुपर्छ । झूल टाँगेर सुत्ने तथा साँझपख गोठ तथा फोहोर भएको स्थान नजिक बस्नु हुँदैन । संक्रमणपछि ज्वरो बढ्दै गइहालेको अवस्थामा चिकित्सकको सल्लाह अनुसार उपचार गर्नुपर्छ ।

कालाजारका लक्षण
– दुई हप्ता वा सोभन्दा बढी समयसम्म मन्द ज्वरो आइरहने
– तौल घट्दै जाने
– बायाँ कोखमा असजिलो वा भारी हुने
– अनुहार, हात, खुट्टा तथा पेटको छाला कालो हुँदै जाने
– पेट बढ्ने बायाँ कोखामा कुनै डल्लो वा गाँठो बढेको महसुस हुने
– शरीरमा रगतको कमी हुने
– शरीर पहँेलो देखिने

बच्ने उपाय
– घरवरिपरि सफा राख्ने
– साँझको समयमा घरबाहिर बस्नुपरेमा पूरा बाहुला भएको कपडा लगाउने
– सुत्दा झुलको प्रयोग गर्ने
– घर र गोठका भित्तामा भएका प्वाल र चिराहरूलाई लिपपोत गरी टालिदिने
– गाईभैँसीको गोठ घरबाट टाढा बनाउने
– यो रोग सार्ने भुसुना ९ फिटभन्दा माथि उक्लन नसक्ने भएकाले सम्भव भएसम्म माथिल्लो तलामा सुत्ने
– फोहर तथा सडेगलेका पदार्थ निश्चित स्थानमा विसर्जन गर्ने

प्रतिक्रिया