‘समय’को अडियो सार्वजनिक

काठमाडौं : चलचित्र समयको अडियो तथा प्रोमो सार्वजनिक गरिएका छन् । शनिबार राजधानीमा आयोजित चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई, चलचित्र पत्रकार संघका अध्यक्ष विदुर गिरी, निर्देशक समाजका अध्यक्ष विमल पौडेललगायतले अडियो तथा पोस्टर सार्वजनिक गरेका हुन् ।
निर्माता संघका अध्यक्ष राईले निर्माताकै कारण अहिले नेपाली चलचित्रले व्यवसाय गर्न नसकेको बताए । भने– ‘निर्मातामा अरूको चलचित्रलाई नराम्रा अनि आफ्नालाई मात्र राम्रो भन्ने प्रवृत्ति मौलाउँदै गएको छ । निर्माता व्यावहारिक रूपमा नसुध्रेसम्म चलचित्र क्षेत्रको उन्नति हुँदैन ।’ चलचित्र पत्रकार संघले आयोजना गरेको कार्यक्रममा निर्देशक समाजका अध्यक्ष विमलले समय चलचित्रको सफलताको कामना गरे । कार्यक्रममा चलचित्रका पोस्टर पनि सार्वजनिक गरिएको थियो ।
यो चलचित्र नायिका मौसमी मल्लकी आमा भद्रकुमारी सेनले निर्माण गरेकी हुन् । राजेश हमाल, सुशील क्षेत्री, मौसमी मल्ल, बिकी मल्ल, सुरबी जैन मुख्य भूमिकामा छन् । –गोमा मानन्धर, प्रशिक्षार्थी

प्रतिक्रिया