सभामा सहयोग गर्न एमालेको आह्वान

काठमाडौं, १३ असोज । एमाले अध्यक्ष झलनाथ खनालले पार्टीले एकसाता पछि गर्न लागेको सरकार विरोध कार्यक्रममा उल्लेख्य सहभागिताका लागि आह्वान गरेका छन् ।
पार्टी मुख्यालय बल्खुमा आज आयोजित भेलामा उनले असोज–१९ गते राजधानीमा हुन लागेको आन्दोलनमा सक्रिय सहभागिताका लागि आग्रह गरेका हुन् । उनले भने, ‘वर्तमान सरकारविरोधी प्रदर्शनलाई सफल बनाउन विभिन्न पेसा÷व्यवसायका संस्थाहरूलाई आग्रह गर्छु ।’
अध्यक्ष खनालले वर्तमान सरकार राष्ट्रिय सहमतिको बाधक रहेको भन्दै चरम महँगी र भ्रष्टाचार रोक्न माग गरेर विरोध सभा गर्न लागेको बताए ।

प्रतिक्रिया