अपरिचित युवकको मृत्यु

दाङ, १३ असोज । दाङमा अचेत अवस्थामा फेला परेका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ ।
शुक्रवार राति अचेत अवस्थामा फेला परेका परिचय नखुलेका युवकको उपचारका क्रममा मृत्यु भएको हो ।
नारायणपुर–४, सौडीमा अचेत अवस्थामा फेलाका मृतकको उमेर अन्दाजी ३५ वर्षको रहेको प्रहरीले जनाएको छ ।
नाम ठेगाना खुल्न नसकेका उनको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा शव पोष्टमाटम गरेर राखिएको जिल्ला जिल्ला प्रहरी कार्यलय दाङले जनाएको छ । सौर्य

प्रतिक्रिया