कोइराला माथिको आक्रमण सुनियोजित

काठमाडौं, १३ असोज । नेपाल विद्यार्थी संघले कांग्रेस सभापति सुशील कोइरालालाई काठमाडौंको कपनमा आज भएको आक्रमणलाई सुनियोजित रहेको भन्दै निन्दा एवम् भत्र्सना गरेको छ ।
नेविसंघका अध्यक्ष रञ्जीत कर्णले विज्ञप्ति जारी गरेर मञ्चमै पुगेर कोइरालालाई लक्षित गरेर सुनियोजित रुपमा आक्रमण भएको दाबी गरेका छन् ।
‘शान्ति, लोकतन्त्र र एकताका प्रतिक मानिने कांग्रेस पार्टीका सभापति माथि भएको आक्रमण प्रयास कुनै हालतमा पनि क्षम्य हुन सक्दैन,’ विज्ञप्तिमा भनिएको छ, ‘सिङ्गो लोकतन्त्र र कांग्रेसलाई नै कमजोर तुल्याउनका लागि गरिएको सुनियोजित षड्यन्त्र हो भन्ने हाम्रो ठहर छ ।’
अध्यक्ष कर्णले सभापति कोइरालालाई आक्रमण गर्ने आक्रमणकारीलाई तत्काल कडा भन्दा कडा कारवाही गर्न पनि सम्बन्धित पक्षसँग माग गरेको छ ।
कोइरालालाई कांग्रेसकै समर्थकले मञ्चम पुगेर झ्यालको काठले प्रहार गरेका थिए ।

यसैबीच, नेपाल प्रेस युनियनले पनि सभापति कोइराला माथि भएको आक्रमणलाई लोकतन्त्र माथिको आक्रमणको संज्ञा दिएको छ ।
युनियनका महासचिव शिव लम्सालले विज्ञप्ति जारी गरेर आक्रमणको निन्दा एवम् भत्सर्ना गरेका छन् ।

प्रतिक्रिया