शर्माले ओहदाको प्रमाणपत्र बुझाइन्

काठमाडौं : कतारका लागि नेपाली राजदूत डा. मायाकुमारी शर्माले ओहदाको प्रमाणपत्र त्यहाँका राजगद्दी उत्तराधिकारीसमक्ष पेस गरेकी छन् ।
मंगलबार आयोजित एक समारोहमा कतारका राजगद्दी उत्तराधिकारी शेख तामिम बिन हमाद अल थानीसमक्ष ओहदाको प्रमाणपत्र पेस गरेको जानकारी राजदूत शर्माले टेलिफोनमार्फत दिइन् । कतार सरकार र निजी क्षेत्रलाई नेपालको उद्योग, जलस्रोत, पर्यटन र कृषि क्षेत्रमा लगानीका लागि आग्रह गरेको उनले बताइन् । उनका अनुसार जवाफमा थानीले सकारात्मक धारणा व्यक्त गरेका थिए । शर्मा चार महिनाअघि राजदूत नियुक्त भई दोहा पुगेकी थिइन् । (सौस)

प्रतिक्रिया